आठ घण्टाका लागि चिनियाँ राष्टपति नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आठ घण्टाका लागि चिनियाँ राष्टपति नेपाल आउने

सारांश

  • चिनियाँ राष्ट्रपति सि जिन पिङ आठ घन्टाका लागि नेपाल आउने गरी भ्रमणको तयारी भइरहेको छ ।
  • नेपाल हुँदै भारतको भ्रमणमा जाने गरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने तयारीमा सरकार जुटेको छ ।
  • चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि सिको भ्रमणलाई औपचारिकता दिने गरी तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ ।

चिनियाँ राष्ट्रपति सि जिन पिङ आठ घन्टाका लागि नेपाल आउने गरी भ्रमणको तयारी भइरहेको छ । नेपाल हुँदै भारतको भ्रमणमा जाने गरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने तयारीमा सरकार जुटेको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि सिको भ्रमणलाई औपचारिकता दिने गरी तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ ।

‘विदेशमन्त्री वाङको भ्रमणपछि औपचारिक रूपमा त्यसको घोषणा हुन्छ, राजनीतिक परिस्थिति यथावतै कायम भएमा उच्चस्तरबाटै नेपाल भ्रमण हुने निश्चित भइसकेको छ,’ स्रोतले भन्यो । काठमाडौंस्थित चिनियाँ दूतावास सूत्रका अनुसार चिनियाँ विदेशमन्त्री वाङ साउनको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने तयारीमा छन् ।

वाङको भ्रमण चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको तयारीका लागि हुन लागेको बुझिएको छ । चीनबाट नेपालमा उच्चस्तरको राजनीतिक भ्रमण हुन नसकेको एक दशक बितिसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत १६ असारमा दोस्रो पटक चीन भ्रमणमा पुगेका थिए । उनले १८ असारमा चिनियाँ समकक्षी वाङ यीसँग ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गरेका थिए ।

सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री ज्ञवालीलगायत अन्य उच्च सरकारी अधिकारीसँग छलफल गर्नेछन् । साउनको अन्तिम साता चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बनारसमा भेटघाटको मिति तय भइसकेको छ । चिनियाँ राष्ट्रपति सिलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले नेपाल आउने भएका छन् । दुई देशका राष्ट्र प्रमुखको भ्रमणको गृहकार्यमा सरकार जुटेको स्रोतले बतायो ।

सार्वजनिक भयो मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६र७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।

विशेष पुनर्कजा यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् ।नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६र७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।

विशेष पुनर्कजा यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् ।

सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ । लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि पुरानै कामय राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)
प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
ओखलढुङगामा अम्मिरबाबु अगाडि
ओखलढुङगामा अम्मिरबाबु अगाडि
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
माघ ३ गते कुन राशिको कस्तो छ राशिफल ?
माघ ३ गते कुन राशिको कस्तो छ राशिफल ?
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल

तपाईंले छुटाउनुभयो कि?