माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव

सारांश

  • काठमाडौं, २२ असार ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने नेताहरुले एकपछि अर्को प्रस्ताव गरी फकाउन खोजिरहेका छन् ।
  • उनले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई पटक पटक सहमतिमा आउन प्रस्ताव गर्दा पनि नमानेपछि वरिष्ठ नेता माधवकुमार नेपालतर्फ ध्यान मोडेका छन् ।

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने नेताहरुले एकपछि अर्को प्रस्ताव गरी फकाउन खोजिरहेका छन् । उनले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई पटक पटक सहमतिमा आउन प्रस्ताव गर्दा पनि नमानेपछि वरिष्ठ नेता माधवकुमार नेपालतर्फ ध्यान मोडेका छन् ।

ओलीले विश्वासपात्रहरु पठाएर नेपाललाई सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्रको अध्यक्ष बनाउने प्रस्ताव गरेको बुझिएको छ । सरकार पार्टीलाई बेवास्ता गरी सञ्चालन भइरहेको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै उनले संयन्त्र निर्माणको प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नेपालले ओलीको प्रस्तावलाई भने गम्भीरतापूर्व नलिएको बुझिएको छ । ओलीको राजीनामा माग्नेमध्ये नेपाल अग्रपंक्तिमा छन् । उनले स्थायी कमिटीको सामना गरी ओलीले पार्टीको निर्णय बमोजिम गर्नुपर्ने अडान लिदै आएका छन् ।

यसअघि ओलीले बामदेव गौतमलाई रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री र भविष्यमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डलाई पनि भविष्यमा आफू अध्यक्ष नबन्ने र आगामी महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?