समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
सारांश
- काठमाडाैं।
- मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ।
- प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।
काठमाडाैं। मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ४० हजार ४ सय ४० छ। जुन २६.३ प्रतिशत हुन आउँछ।
समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ। जुन १२.२ प्रतिशत हुन आउँछ।
स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ। माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ।
राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३ सय २२, जनमत पार्टीले ३ हजार १ सय १, नेमकिपाले २ हजार ९ सय १६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालको १ हजार ८ सय १९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४ सय ८१ छ।
हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। अहिलेको मतगणनाको रूझान हेर्दा माओवादीपछि राप्रपाले मात्र ३ प्रतिशत मत कटाएको छ। राप्रपाको ५.९ प्रतिशत मत छ।
प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।
gateio
I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.
binance Registrēties
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?