आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

सारांश

  • काठमाडौँ ।
  • आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन ।
  • आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।

काठमाडौँ । आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।

आज कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १६ देखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर वर्षभरि हुने सार्वजनिक विदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गरेको छ । जस अनुसार नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०स्०० बजेदेखि अपरान्ह ५स्०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०स्०० बजेदेखि अपरान्ह ४स्०० बजेसम्म हुने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?