कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते

सारांश

  • धनगढी।
  • कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ।
  • क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

धनगढी। कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ। क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।
   
हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उनले जानकारी दिए। घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते भएका छन्। घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ। अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ। बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ। हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो।  

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ। तीमध्ये एक जना सख्त घाइते छन्। अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ। त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ। जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
काठमाडौँ लगायत पहाडी क्षेत्रमा आज वर्षा र हिमपात हुने सम्भावना
सोमबारको सेयर बजार कारोबार रकम घट्यो
सोमबारको सेयर बजार कारोबार रकम घट्यो
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
बालकृष्ण ढुंगेललाई आम माफी नदिन सर्वोच्चमा निवेदन
पूर्व आइजिपी ठकुरीद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण
पूर्व आइजिपी ठकुरीद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण