माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३०, २०७८
|
|
२४ पटक हेरिएको
Shares
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका छन् ।
  • विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए ।
  • प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका छन् । विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए ।

प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे ।

‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं’, बालकोटको बाल्कोनीबाट उनले भने, ‘तर माधव नेपालको हकमा आत्मआलोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।’

अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे ।

यसअघि बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरूको भीड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पु¥याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकर्ता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए ।

​युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए ।

बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उनलाई पुष्प गुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित नीजि निवास पुगेका उनको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो ।

ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बाल्कोनीबाट अभिवादन गरेका थिए । सरकारको ४३ औँ प्रधानमन्त्रीको रुपमा कुशलतापूर्वक कार्यकाल सफल पारेको भन्दै युवाहरुको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेलले अभिनन्दन पनि गरेका थिए ।

ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकर्ताहरुले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताहरु प्रति अभद्र नाराबाजी समेत गरेका थिए । Ratopati

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
मेपछि दायर कुनै पनि मुद्दामा खानलाई पक्राउ नगर्न आदेश : आईएचसी
मेपछि दायर कुनै पनि मुद्दामा खानलाई पक्राउ नगर्न आदेश : आईएचसी
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह
नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !
नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
माघ १४ गते बुधवारको राशिफल यस्तो छ
माघ १४ गते बुधवारको राशिफल यस्तो छ
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

तपाईंले छुटाउनुभयो कि?