एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?

सारांश

  • काठमाडौं, माघ ७ ।
  • एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएपनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच थप छलफल हुने भएको छ ।
  • ओली निवास बालकोटमा आज बसेको बैठकमा पार्टी एकताबारे छलफल भएपनि कुनै ठोस निर्णय नभएको बताइएको छ ।

काठमाडौं, माघ ७ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएपनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच थप छलफल हुने भएको छ । ओली निवास बालकोटमा आज बसेको बैठकमा पार्टी एकताबारे छलफल भएपनि कुनै ठोस निर्णय नभएको बताइएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले थप गृहकार्य गर्नुपर्ने देखिएको माओवादीका एक नेताले बताए ।

नेतृत्वको कार्यदलले नै थप गृहकार्य गर्ने नेताहरुले बताएका छन् ।कार्यदलमा एमाले ४ र माओवादी केन्द्रले २ मुख्यमन्त्री लिने लगभग सहमति भएको छ ।

दुई अध्यक्षबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ ।

नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका भीम रावल, युवराज खतिवडा, विजय पौडेल छन् भने माओवादीबाट वर्षमान पुनसहित तीन जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?