माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!

सारांश

  • काठमाडाै, २१ मंसिर।
  •  सालकाे पातकाे टपरी हुने हे बरै नहुने सल्लैकाे तिम्राे माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे ….
  • यो गित अहिले गीतसंगीतको क्षेत्रमा चर्चाको शिखरमा छ ।

काठमाडाै, २१ मंसिर। सालकाे पातकाे टपरी हुने हे बरै नहुने सल्लैकाे

तिम्राे माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे ….

यो गित अहिले गीतसंगीतको क्षेत्रमा चर्चाको शिखरमा छ । उस्तै छ शेयर बजारको हालत पनि । बजारमा अहिले विभिन्न हल्लाहरु चलिरहेका छन् । लगानीकर्ताहरुले दुस्ख मिहिनेत गरेर कमाएको सम्पत्ति अर्थात तिम्रो माया कति छ कति । बजारमा विभिन्न समयमा विभिन्न हल्लाहरु फैलिरहन्छन् । शेयर बजारको आफ्नै बुल र बियरिस साइकल हुन्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो र चलिरहन्छ । यो कसैले भनेर हुने पनि होईन कसैले रोकेर रोकिने पनि होईन । बजारको आफ्नै लय र गति हुन्छ । बुलमा समयमा बजार बाट नाफा हुन्छ भने बियरिस समयमा आफ्नो सम्पत्ति जोगाउन सक्नुपर्छ । बजार निरन्तर घटिरहेको अवस्थामा हल्लाको पछि लाग्दा थप नोक्सानी पनि हुन सक्छ ।

अत स्टप लस प्रयाेग गर्ने अबस्था छैन भने अाफ्नाे सम्पतिलाइ जाेगाउनुकाे बिकलप छैन । त्यसैले त उक्त गीतले भने जस्ताे तिम्राे माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे ….। यस्ताे माया भएकाे  चिजलाइ सस्ताे बजार हल्लाकाे पछि लागेर  किन  काैडिकाे भाउमा फ्याक्ने त ? बजारले अाफ्नाे बियरिस साइकल पुरा गरे पछि पुन बुल साइकलतर्फ उकालाे लाग्छ । बजारकाे नियम नै बुलपछि  बियरिस र बियरिस पछि बुल हाे । अर्थ सराेकारका अनुसार बियरिस समयमा अाफ्नाे शेयर जाेगाउन सक्याे भने त्यसले बुल समयमा  अबस्यपनि नाफा दिन्छ । त्यसैले त हे बरै नलाउ पछि हल्लैकाे ।

बिगतमा पनि नेप्से ११ठ५ बिन्दु बाट ३०० बिन्दु तल झर्दा लगानीकर्ताकाे सम्पति करिबब ७५ प्रतिशत ले घटेर करिब २५ प्रतिशतमा सिमित रहेकाे थियाे । अहिले नेप्शे १८८१ बाट घटेर ११०० काे लाइनमा अाएकाे छ अर्थात लगानिकर्ताकाे सम्पति करिब करिब ४०-४२ प्रतिशतले मात्र घटेकाे छ । अनि तिम्राे (लगानिकाे) माया कति छ कति नलाउ पछि हल्लैकाे !!!!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?