साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
४३ पटक हेरिएको
Shares
साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस

सारांश

  • अनलाइन पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।
  • नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको हो ।
  • यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ ।

अनलाइन पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।

नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको हो ।

यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका संपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए । उनले भने– डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका भट्टराई दोब्बर मतले अगाडि
नेकपाका भट्टराई दोब्बर मतले अगाडि
गोली प्रहारबाट मृत्यु
गोली प्रहारबाट मृत्यु
अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा
अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
फोहरबाट मल बनाउने योजना अलपत्र
फोहरबाट मल बनाउने योजना अलपत्र
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)