मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा

सारांश

  • भारतले नेपालको भूमि फिर्ता नगरे क्याम्प नै खडा गर्ने दीपशिखाको चेतावनी काठमाडौं, ९ माघ ।
  • पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।
  • आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो ।

भारतले नेपालको भूमि फिर्ता नगरे क्याम्प नै खडा गर्ने दीपशिखाको चेतावनी

काठमाडौं, ९ माघ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो ।

भारतले सीमा मिचेको जग्गाधनी रविन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वाइसिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । महतोको सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ । महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० कित्ता जग्गा मिचेको छ । दीपशिखाका अनुसार मिचिएको नेपालको भूमि भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वाइसिएलले क्याम्प नै खडा गरेर बस्नेछ ।

त्यस्तै वाइसिएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्बल लगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?