१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • असार ११, काठमाण्डौ ।
  • आगामी सेप्टेमवरमा इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सका लागि फुटबलतर्फ नेपालको २० सदस्यीय टोली घोषणा भएको छ ।
  • मुख्य प्रशिक्षक योतुकु कोजीले प्रारम्भिक चरणमा छनोट गर्दै बन्दप्रशिक्षणमा राखेका ४५ खेलाडीबाट आइतवार अन्तिम टोली चयन गरेका हुन् ।

असार ११, काठमाण्डौ । आगामी सेप्टेमवरमा इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सका लागि फुटबलतर्फ नेपालको २० सदस्यीय टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक योतुकु कोजीले प्रारम्भिक चरणमा छनोट गर्दै बन्दप्रशिक्षणमा राखेका ४५ खेलाडीबाट आइतवार अन्तिम टोली चयन गरेका हुन् ।

एसियन गेम्समा २३ वर्षमुनीका खेलाडीहरुले ३ जना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् । त्यसका लागि किरण कुमार लिम्बु, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ ।

२० सदस्यीय नेपाली टोलीका अन्य सदस्यहरुमा गोलकिपरमा एलन न्यौपाने र सोजित गुरुङ छन् भने डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डमा हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जान विष्ट, अभिशेष रिजाल र तेज तामाङ छन् । फवार्डमा भरत खवाससँगै सुनिल बम, सुमन लामा र विमल घर्ती मगर छन् ।

मुख्य प्रशिक्षक योतुकु कोजी छन् भने प्रशिक्षक बालगोपाल महर्जनलाई बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?