एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ

सारांश

  • काठमाडौं ।
  • नेपाल एयरलाइन्सका एक कर्मचारी ३० तोला सुन सहित पक्राउ परेका छन् ।
  • सिराहा घर भएका एयरलाईन्सका कर्मचारी २१ वर्षीय रन्जितकुमार यादवको साथमा ३ वटा विस्कुटमा राखिएको सुन अवैध भेटिएको हो ।

काठमाडौं । नेपाल एयरलाइन्सका एक कर्मचारी ३० तोला सुन सहित पक्राउ परेका छन् । सिराहा घर भएका एयरलाईन्सका कर्मचारी २१ वर्षीय रन्जितकुमार यादवको साथमा ३ वटा विस्कुटमा राखिएको सुन अवैध भेटिएको हो ।

दोहाबाट काठमाडौं आएको नेपाल एयरलाईन्सको फ्लाईटमा अवैध रुपमा सुन लुकाई छिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्रेको प्रहरीले जनाएको छ ।

त्यसै फ्लाइटमा आएका यात्रु सिराहाका २६ वर्षीय धर्मेन्द्रकुमार यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । उनले दोहावाट पठाएको सुनको पार्सल जहाजबाट उत्रनासाथ फोनबाट सम्पर्कमा आएका व्यक्तिलाई दिएको बताएका थिए । खोजी तथा अनुसन्धान गर्ने क्रममा रन्जितलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ वटा विस्कुटमा राखिएको लुकाईछिपाई राखिएको सुन प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

नेपाल एयरलाईन्सको मेन्टेन्नेस ह्यागरमा १ वर्षदेखि काम गर्दै आएका यादवसहित संलग्न अन्य व्यक्तिहरु सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
राजीनामा दिने तयारीमा सभामुख महरा
राजीनामा दिने तयारीमा सभामुख महरा
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी

तपाईंले छुटाउनुभयो कि?