मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ हुँदै
सारांश
- काठमाडौं, माघ ९ ।
- बालबालिकादेखि, किशोरकिशोरी, युवायुवती तथा विवाहित महिलाहरुबीच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडया हाउसले राजधानी एक साथ मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ आयोजना गर्ने भएको छ ।
- आगामी माघ १६ गते मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुवै प्रतियोतिाअन्र्तगतको ट्यालेण्ट उपाधिका लागि ट्यालेन्ट राउण्ड गरिएको छ ।
काठमाडौं, माघ ९ । बालबालिकादेखि, किशोरकिशोरी, युवायुवती तथा विवाहित महिलाहरुबीच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडया हाउसले राजधानी एक साथ मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ आयोजना गर्ने भएको छ ।
आगामी माघ १६ गते मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुवै प्रतियोतिाअन्र्तगतको ट्यालेण्ट उपाधिका लागि ट्यालेन्ट राउण्ड गरिएको छ । रोयल फुटक्याफे एण्ड बेंक्वेट, थसिखेलमा सम्पन्न ट्यालेण्ट राउण्डमा मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ दुवै प्रतियोगिताका प्रतियोगीहरुले नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला प्रस्तुत गरेर निर्णायक तथा अभिभावकहरुको मन जित्ने कोशिस गरेका थिए ।
ट्यालेण्ट राउण्डमा कलाकार शितल केसी, पुर्णीमा लामा, राज लुईटेल, गायिका रीता केसी, पवित्रा आचार्य र रबि सुवेदी निर्णायक रहेका थिए । एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीका अनुसार ट्यालेण्ट उपाधिको विजेताको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ ।
मिस कलेज आइकन २०१८ मा अनिसा पोखरेल, सगुन खड्का, अनिसा देउला, युनिसा बजगाई, वृक्षा सिलवाल, गोमा परियार, सलु चौधरी, सिरिन गुरुङ, मिना तामाङ, डोल्मा वाइबा, प्रकृति कार्की, श्रेता बलामी, ऐन्जलि चित्रकार, रोसनि राई, निर्मला पुरी, अश्मी शाक्य, दिपा मगर, सुमि महर्जन, शिस्मा आर्चाय र शान्ता कटुवाल गरी १९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी लिटिल आइकन नेपालमा त्रिशना नगरकोटि, प्रमिसा राई, रेनुका मगर, कामना राई, रीजु वाङ, अक्क्षता गुरुङ, अनुस्का तामाङ, अदिती चामलिङ्ग राई, ग्रीवा घिमीरे, सलीना गुरुङ, कुसुम लिम्बु, मन्जली शाहा, प्रश्म्षा गुरुङ, शुसीना बराईली, सोनी लामा, सुबीना श्रेष्ठ, श्रेया लिम्बु, निशा लामा, अन्जली शाह, दीया खड्की, प्रियंका थापा मगर, सोनिया राई, रोसनी कार्की, बिनिता पुन, प्रेरना बिक, सुस्मीता लिम्बु, वर्षा श्रेष्ठ, सफलता अर्याल, दक्षिना राई, हन्नाह श्रेष्ठ, रागिना शाही, यांकी सिलवाल, रीया राई, लक्ष्य झा, जेनिस शाक्य, निश्चल श्रेष्ठ, अमीर वाईवा, सिहाङ राई, रेडिक्स माली र रौनक चौधरी गरी कुल ४१ जना बालबालिकाले स्पर्धा गर्दैछन् ।
प्रतिक्रिया