जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
  • बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
  • साँझपख शुभ समाचार आउन सक्छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?