पञ्चेश्वरमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
३९ पटक हेरिएको
Shares
पञ्चेश्वरमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्दै

सारांश

  • बैतडी, ७ साउन : पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ ।
  • पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको थियो ।
  • पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो ।

बैतडी, ७ साउन : पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो ।

बिओपीमा रुपान्तरण गरिए पनि सशस्त्रको टोली अहिले पनि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाकै भवना बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए । भवन निर्माणका लागि ३२ दिने सूचना प्रकाशित गरिएको उनले बताए । भवन निर्माणका लागि बोलपत्र हुने र त्यसपश्चात् भवन निर्माणको काम अगाडि बढ्ने सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।भवन निर्माणको लागि पञ्चेश्वर गाउँपालिकाले सशस्त्रको नाममा यसअघि १५ रोपनी जग्गा सिफारिस गरिसकेको थियो । सोही जग्गामा सशस्त्रको भवन बन्ने भएको हो । आफ्नै भवन बनेपछि सशस्त्रलाई बस्न र सीमा सुरक्षाका लागि सहज हुने बताइएको छ ।

यस्तै जग्गा उपलब्ध नहुँदा सदरमुकाम गढीमा रहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटरलाई भने समस्या भएको छ । उक्त गुल्म हाल सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको र त्यहाँ ठाउँ साँघुरो भएकाले समस्या भएको हो । दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन नसकेको हो । यसका साथै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी