धुँवा फाल्ने पूराना सवारी अब शहरमा नल्याउनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ।
  • आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो।
  • महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ। आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो।

महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका रूपमा रहेको पुष्टि भएकाले प्रदूषण न्यूनीकरण गर्न यस्तो तयारी अघि बढाइएको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिनुभयो। ‘भएको व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने तयारी गरिएको हो, सवारी प्रदूषण परीक्षणका लागि पर्याप्त उपकरण नभएकाले थप ४० वटा उपकरण ल्याउने तयारी गरिएको छ।’ –उहाँले भन्नुभयो।

सिंहका अनुसार २० वटा ग्यास एनालाइजर (पेट्रोलबाट गुड्ने सवारी) र स्मोक एनालाइजर (डिजेलबाट गुड्ने सवारीको) गुणस्तर परीक्षण गर्ने उपकरण जेठ पहिलो साताभित्र जापानबाट ल्याइँदै छ। उपत्यकाको वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा सुक्ष्म धूलोको मात्रा बढ्दोरूपमा रहेको र सुक्ष्म कण सवारीसाधनका कारण फैलिने गरेको वातावरण विभागको ठहर छ। आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
नौ वटा झोलुङ्गे पुल अलपत्र
नौ वटा झोलुङ्गे पुल अलपत्र
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति