मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
१५ पटक हेरिएको
Shares
मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

सारांश

  • हेटौँडा, २९ माघ,प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ ।
  • प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो ।
  • नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ ।

हेटौँडा, २९ माघ,प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ ।
शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता सालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?