इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !

सारांश

  • जाकार्ता, १२ असोज ।
  • मध्य इन्डोनेसियामा शुक्रबार ६.
  • १ म्याग्निच्युडको भूकम्प गएको छ ।

जाकार्ता, १२ असोज । मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामी डर नभएको सो विभागले थप जानकारी दिएको. छ । विश्वको तुलनामा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?