‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’

सारांश

  • ‘अनलाईनमा पत्रकारिताभन्दापनि अनुमानकारिता बढि भयो’ न्यूज लाईन्स् मिडियाद्धारा विभिन्न व्यक्तिहरु सम्मानित काठमाडौं, १९ बैशाख ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् ।
  • न्यूज लाईन्स् मिडिया प्रा.

‘अनलाईनमा पत्रकारिताभन्दापनि अनुमानकारिता बढि भयो’
न्यूज लाईन्स् मिडियाद्धारा विभिन्न व्यक्तिहरु सम्मानित
काठमाडौं, १९ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् ।

न्यूज लाईन्स् मिडिया प्रा.लि.को प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन । ‘च्याउजस्तै उम्रेका अन्लाईन मिडियालाई व्यवस्थ्ति, मर्यादित र नीतिगत सुधारका लागि सरकारले निर्देशिका ल्याउँदैछ’ उनले भने,‘त्यसबेला सरकारलाई कडा रुपमा प्रस्तुत भयो नभन्नुहोला, अतिरञ्जित समाचारहरुले समाजमा नकारात्मक प्रभाव पारेका छन्, ती कुराहरुलाई पत्रकार महासंघ, प्रेस काउन्सीलले पनि हेर्नुपर्छ ।’

मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलाईन मिडियाहरुले पत्रकारिता भन्दा बढि अनुमानकारिता गरिरहेको आरोप लगाए । उनले अघि थपे,‘मन्त्रिमण्डल गठन हुने समयमा अनलाईन खोलेर समाचार हेर्यो, अनलाईनहरुले एक छिनमा एउटालाई मन्त्री बनाईरहेका हुन्छन्, तर केही समयपछि अर्कै मन्त्री बनिरहेको हुन्छ, तर बन्नेबेलामा चाहीँ अर्के व्यक्ति मन्त्री बन्छ, हो यही हो अनुमानकारिता, अनलाईनहरुलाई व्यवस्थित बनाउन र, सत्य र तथ्यमा आधारित न्यूज प्रकाशनको लागि हामी छिट्टै नयाँ निर्देशिका ल्याउँछौं।’ यद्धपी उनले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनैपनि अवरोध नगर्ने विश्वास दिलाए ।

न्यूज लाईन्स् मिडिया नेटवर्ककी निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा व्याप्त रहेको भ्रष्टाचार नियन्त्ररण गर्नको लागि सरकार पूर्ण कटिवद्ध रहेको विश्वास दिलाए । उनले भने,‘मुलुकको समृद्धिको पहिलो बाधक भ्रष्टतन्त्र हो, अहिलेको सरकार यस्ता गलत प्रवृतिको अन्त्य गर्नको लागि निरन्तर लागिपरेको छ, सुशासन हाम्रो पहिलो शर्त हो ।’

उनले अघि थपे,‘न्यूज लाईन्स् मिडियाको प्रथम वार्षिकोउत्सवमा पत्रकार जगतलाई आग्रह गर्न चाहन्छु, अब सरकारका हरेक कामकारबाहीहरुलाई मिडियाले निश्पक्ष भएर निगरानी गर्नुपर्छ, यदि सरकार गलत भए तपाईहरुले खबरदारी गर्न सक्नुहुन्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकमा भ्रष्टाचार हुनुमा पहिलो दोषी नेताहरु नै भएको आरोप लगाएका छन् । उनले भने,‘भ्रष्टाचार हुनुमा मुख्य दोषी नेताहरु नै हुन्, उहाँहरुले सुशासन कायम गर्न सक्नुभएन, यो दुःखदायी कुरा हो, अब त्यस्तो गलत काम नहोस्।’

नेताको बिरुद्धमा कडा रुपमा प्रस्तुत भएका पत्रकार धमलाले समृद्धि मुखले भनेर नआउने जिकिर गर्दै मुलुकमा हुने अनेक प्रकारका भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताए । उनले भने,‘विगत २००७ साल पछिको ईतिहाँसले यही भन्छ, नेता र कर्मचारीहरु सबैभन्दा बढि भ्रष्टको सूचिमा परेका छन्, जनता धेरै सचेत बनिसकेका छन्, सरकारले पनि सचेत भएर भ्रष्टाचारीलाई कडा कारबाही गर्न सक्नुपर्छ, भ्रष्टाचारको पूर्ण अन्त्य भएपछिमात्रै समृद्धि सम्भव छ ।’

त्यस्तै पत्रकार महासंघका महासचिव रमेश बिष्टले स्थानीय तहदेखी केन्द्रसम्म प्रेसमैत्री ऐन/कानून निमार्ण गर्न कानूनमन्त्री तामाङ्लाई आग्रह गरेका छन् । उनले भने,‘सरकार लोकतान्त्रिक छ, यसमा हामी विश्वस्त छौँ, तर सत्ताको मात लागेर कहिलेकाँही प्रेसमाथि हेर्ने दृष्टिकोण तलमाथि भएको खण्डमा हामी त्यसबेला खबरदारी गर्छौ।’

कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा पत्रकार रविन थपलिया, बुद्ध बर्न ईन नेपालका अभियन्ता अक्कल बहादुर तामाङ्, समाजसेवी जगतबहादुर तामाङ्, कामी नुर्पु तामाङ, जयकला बस्नेत, नाजिर हुसेन, विष्णुप्रसाद आचार्य र राजु लामा कुन्दन लगायत रहेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,8-| αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद् सचिव सुवेदी
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद् सचिव सुवेदी
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
बाह्र हजार चालकलाई कारबाही
बाह्र हजार चालकलाई कारबाही
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु
ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु
विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण
विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

तपाईंले छुटाउनुभयो कि?