प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

सारांश

  • जाजरकोट, ७ फागुन , विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ ।
  • जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
  • एक महिनाभित्र प्राथमिक उपचार बाकसका लागि शिक्षकलाई स्वास्थ्यसम्बन्धी तालीम दिन लागिएको हो ।

जाजरकोट, ७ फागुन , विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ ।

जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महिनाभित्र प्राथमिक उपचार बाकसका लागि शिक्षकलाई स्वास्थ्यसम्बन्धी तालीम दिन लागिएको हो । नगरपालिकाभित्र रहेका ७३ वटा सामुदायिक विद्यालयका प्रतिविद्यालय एकजना शिक्षक पर्ने गरी तालीम दिन लागिएको उहाँले बताउनुभयो ।

विद्यालयमा पटक–पटक आकस्मिक रुपमा विभिन्न खालका स्वास्थ्य समस्य देखापर्न थालेपछि यस्तो अभियानमा लागिएको रावलले बताउनुभयो । विद्यालयमा आवश्यक औषधि, प्राथमिक उपचारका लागि तालीम प्राप्त शिक्षकको व्यवस्था गरेमा केही स्वास्थ्यसम्बन्धी समस्या हल हुने नगरपालिकाले अपेक्षा लिएको रावलको भनाइ छ ।

आइतबार नगरपालिकाको कार्यालयमा सबै विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा यस्तो निर्णय गरिएको छ । पटक–पटक विद्यालयमा विभिन्न खालका रोग देखापरी समस्या उत्पन्न भएको शिक्षकको गुनासो आएपछि नगरपालिकाले यस्तो कदम चालेको हो । यहाँका अधिकांश विद्यालय स्वास्थ्य संस्थाभन्दा घण्टौँ टाढा भएपछि विद्यालयमा स्वास्थ्यसम्बन्धी केही समस्या हल होस् भनी यो कार्य थालिएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति योगेन्द्र आरसीले जानकारी दिनुभयो ।

प्रत्येक महिना नगरपालिका भित्रका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नका लागि पहल गर्न लागिएको उपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिनुभयो । बालबालिका स्वस्थ भएमा मात्र शिक्षा आर्जन गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै, नगरपालिका भित्रका विद्यार्थीका लागि प्रतिभा छनोट कार्यक्रमसमेत गर्न लागिएको छ । शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एन्टीबायोटिकबारे उल्लेखनीय सफलता’
‘एन्टीबायोटिकबारे उल्लेखनीय सफलता’
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
अर्को प्रधानमन्त्री छान्न नेकपालाई गगन थापाको सुझाव

तपाईंले छुटाउनुभयो कि?