नेपाली शान्ति सेनामाथि बलात्कार आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाली शान्ति सेनामाथि बलात्कार आरोप

सारांश

  • काठमाडौँ,१२ वैशाख ।
  •   शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ।
  • नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन्।

काठमाडौँ,१२ वैशाख ।  शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ। नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन्।

राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर छानबिन सुरु गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

घटनामा कति जना संलग्न छन् भन्ने स्पष्ट हुन नसकेको एएफपीले जनाएको छ । सुडानबाट फर्केका एक सैन्य अधिकारीले कतिपय अवस्थामा ब्यारेकमा घुस्ने र चोरीसमेत हुने गरेकाले त्यस विषयमा गम्भीर र सूक्ष्म छानबिनपछि मात्रै केही बोल्न सकिने बताए । नेपालबाट सुडानमा सेक्टर कमान्डर नै रहेकाले पनि छानबिनमा सहजता आउने सैन्य अधिकारीहरू बताउँछन् ।

१२ मुलुकमा नेपालको शान्ति मिसन रहेकोमा दक्षिण सुडानमा सेक्टर कमान्डरसहित १ हजार ७ सय ४७ सेना खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?