मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
सारांश
- सिमरा (बारा), २७ भाद्र प्रदेश नम्बर दुईकै उत्कृष्ट जीतपुर सिमरा उपमहानगर पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने उपमहानगभित्र देशकै दोस्रो अन्र्तराष्ट्रिय बिमानस्थल र बिशेष आर्थिक क्षेत्र(सेज) निर्माणको प्रक्रियामा छ ।
- तराई मधेस द्रुतमार्ग नजिकै रहेको उपमहानगरभित्रै पर्सा राष्ट्रिय निकुञ्ज पनि पर्दछ ।
- चारतारे स्तरको होटल सञ्चालनले पनि यस उपमहानगरलाई अझ बढी सम्भावना बोकेको नगरको सूचीमा राखेको छ ।
सिमरा (बारा), २७ भाद्र
प्रदेश नम्बर दुईकै उत्कृष्ट जीतपुर सिमरा उपमहानगर पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने उपमहानगभित्र देशकै दोस्रो अन्र्तराष्ट्रिय बिमानस्थल र बिशेष आर्थिक क्षेत्र(सेज) निर्माणको प्रक्रियामा छ । तराई मधेस द्रुतमार्ग नजिकै रहेको उपमहानगरभित्रै पर्सा राष्ट्रिय निकुञ्ज पनि पर्दछ । चारतारे स्तरको होटल सञ्चालनले पनि यस उपमहानगरलाई अझ बढी सम्भावना बोकेको नगरको सूचीमा राखेको छ ।
जनसंख्याका आधारले मात्र उपमहानगर बनेको बाराको जितपुर सिमरा उपमहानगरमा बिकास र पर्यटनका संभावना धेरै हुँदाहुँदै पनि सोचेजस्तो बिकासको अनुभव स्थानीयबासीले गर्न सकेका छैनन् । प्रशस्त प्रर्यटन बिकासका आधारहरु रहेको यस नगरमा सम्भावना धेरै भएपनि बिकासले फड्को मार्न नसकेकाले जीतपुर सिमरा उपमहानगरभित्रका नागरिक लामो समयदेखि निराश छन ।
एक लाख १५ हजार जनसंख्या र ५७ हजार मतदाता रहेको यस उपमहानगरका नागरिक लामो समयदेखि बिकाशको प्रतिक्षामा छन । देशमा भएका थुप्रै आन्दोलनको अगुवाई गर्ने स्थानमध्येको एक जीतपुर सिमरा उपमहानगरका नागरिक स्थानीय तहको निर्वाचनपछि भने बिकासको ढोका खुल्ने र नगर समृद्धितर्फ अघि बढ्नेमा आशावादी छन् । निराश नगरबासीको चाहनालाई पुरा गर्न यतिबेला विभिन्न राजनितिक दलका उम्मेदवार आफनो एजेण्डा लिएर नागरिकको घरदैलोमा पुग्न थालेका छन ।
जनताको बिश्वास बटुल्न र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धतासहित मतदाताको घरघरमा पुग्नेमध्येका सवैभन्दा बलिया उम्मेदवार हुनुहुन्छ, ४५ बर्षीय डा. कृष्ण पौडेल । सामाजिक र सहकारी अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय डा. पौडेललाई नेकपा एमालेले उपमहानगरको प्रमुखको रुपमा अघि सारेको छ । सामाजिक गतिविधिमा सक्रिय पौडेल उपमहानगरका जनताबीच निकै परिचित अनुहार हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सफलता हात पारेका पौडेललाई एमालेले अघि सारेपछि नगरबासी यतिबेला खुसी देखिन्छन ।
प्रतिक्रिया