मेयरको विदेश मोह! चिरिबाबुको आठौं भ्रमण
सारांश
- ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन्।
- महानगरपालिकाको प्रमुख पदमा निवार्चित भएयता यसबाहेक उनी सातपटक विदेश भ्रमण गरिसकेका छन्।
- आठौं विदेश भ्रमणको शिलशीलामा उनी यो पटक चीन सरकारले मकाउमा आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भएका हुन्।
ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन्। महानगरपालिकाको प्रमुख पदमा निवार्चित भएयता यसबाहेक उनी सातपटक विदेश भ्रमण गरिसकेका छन्। आठौं विदेश भ्रमणको शिलशीलामा उनी यो पटक चीन सरकारले मकाउमा आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भएका हुन्।
उनको भ्रमण टोलीमा महानगरपालिकाकै–१९ का वडाअध्यक्ष विनोद ताम्राकार, वडा ७ का वडाध्यक्ष कुल बहादुर महर्जन र स्वकीय सचिव राजु महर्जन रहेकोे महानगर श्रोतले जनाएको छ। श्रोतका अनुसार उनी चीन सरकारको निमन्त्रणमा त्यहाँ प्रस्थान गर्न गरेका हुन्। ‘चीनसँग सिमाना जोडिएका देशका महानगरपालिकाका मेयरहरुलाई चीनले डाकेका छ,’ श्रोतले भन्यो, ‘मेयरसाप पनि त्यही भेटघाटमा सामेल हुन लाग्नुभएको हो।’
उनी स्थानीय तहमा निर्वाचिर्त जनप्रतिनिधिहरूमध्ये सबैभन्दा बढी विदेश भ्रमण गर्ने मेयरमध्ये पर्छन। यसअघि उनले यसअघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण, जापानलगायत देशको भ्रमण गरिसकेका छन्। स्थानीय तहको निर्वाचन भएको १ वर्ष बित्नै लाग्दा जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका काम गर्न नसकेका मेयर नगरवासीको गुनासोलाई वेवास्ता गर्दै उनी विदेश भ्रमणमा सामेल भएका हुन्।
विदेश प्रस्थान गर्नुअघि नागरिकसँग कुरा गर्दै मेयर महर्जनले मित्र राष्ट्र चीनको विशेष निमन्त्रणालाई स्वीकार गर्दै त्यहाँ सहभागी हुन लागेको बताए। उनले अप्रिल १९ देखि २३ तारिकसम्म मकाउमा हुने ‘एसएआर’ सम्मेलनमा सहभागी हुन लागेको बताए। ‘उक्त कार्यक्रममा चीनले छिमेकी २३ भन्दा बढी देशका मेयरलाई निमन्त्रणा गरेको छ,’ उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै म त्यहाँ जान लागेको हुँ।’ उनले चीनले आयोजना गरेको उक्त कार्यक्रम मकाउमा हुने जनाए।
आजको नागरिक दैनिकमा खबर छ ।
Bishnu Lal Thakali
Bhraman bata dherai kura sigkna bujhna paincha…
Ram Rai
बिधासुन्दरले काम गरेन भनेर राेईकराई गर्ने राजधानीबासीहरु चिरबाबुकाे अाठाैं भ्रमणसम्म पनि केही बाेल्दैनन् त हाै।
Manoj Kafle
??
Ram Rai
Manoj Kafle
kahile pader , kati herer , siknney ho kunni, ghaas kaatne laae jitaayar kaam chhain, yaso pade lekheko , duniyaa bujheko sachham netaa khaacho chha yo desh maa , yasle ta 5 bars ghumer bitaaune bhayo, kasle gralaa kaam????? naam chaahi , chirkaji + baabu?? saaheb , chunab jiter sikkna gayko ki kaam gran, fatahaa netaa + ullu pat murkh janataa
Rameshwar Lal Shrestha
Parivar pani sath ma liyara janu hola .sala ,bhaie ,Bhatija haru lai nabirsanu hola .
Meera Heju
अनि यी मेयर बिदेशमा घुम्नमात्र जान्छन कि ? केही सिकेर आएर ललितपुर पनि बनाए ?
RaZu GRg
यो भन्दा अगाडी विदेश को मुख देखेको थिएन होला र सुने पनी विदेश जानी औकात थिएन होला तेइ भएर मौका को फाइदा उठाको होला,, यस्तै कलङ्क हरुले गर्दा देश खोक्रो भाको