फुटबल खेलाडीको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०७४
|
|
८६९ पटक हेरिएको
Shares
फुटबल खेलाडीको गोली हानी हत्या

सारांश

  • पानामाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी आमिल्कर हर्नान्डेजको गोली हानी हत्या भएको छ।
  • राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिवार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका छन्।
  • कोलोन क्षेत्रमा भएको यो घटनामा मिडफिल्डर हर्नान्डेजलाई थुप्रै गोली लागेको प्रहरीले बताएको छ।

पानामाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी आमिल्कर हर्नान्डेजको गोली हानी हत्या भएको छ। राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिवार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका छन्।

कोलोन क्षेत्रमा भएको यो घटनामा मिडफिल्डर हर्नान्डेजलाई थुप्रै गोली लागेको प्रहरीले बताएको छ। घटनामा अन्य दुई घाइते भएका थिए। हत्या अस्पतालनजिकै भएको बताइएको छ। राष्ट्रपति हुँवा कार्लोस भारेलाले हत्याको कडा शब्दमा निन्दा गरेका छन्। उनले हत्यामा संलग्न व्यक्तिलाई छिट्टो पक्राउ गरि कानुनी दायरामा ल्याउन कोलोनका अधिकारीलाई निर्देशन दिएका छन्।

सन् २०१८ को विश्व कप छनोटमा संलग्न पानामाको टोलीमा हर्नान्डेज पनि समावेश छन्। उनी अमेरिकाविरुद्ध १–१ गोलले बराबरी खेलमा २० मिनेट मैदानमा उत्रिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?