पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०८१
|
|
५३ पटक हेरिएको
Shares
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

सारांश

  • तनहुँ।
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।
  • निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो।

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो। उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ। राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए। आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए।

उनले भने, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ।” उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन्। त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। सडकतर्फ ६८ प्रतिशत सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
३ कम्पनीका कोरोना विरुद्धका खोप नेपालमा परीक्षण हुँदै
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ