मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • काठमाडौं, ७ चैत, ललितपुरको ग्वार्को स्थित बि.
  • एण्ड.
  • बि.

काठमाडौं, ७ चैत, ललितपुरको ग्वार्को स्थित बि.एण्ड.बि. अस्पतालको गेट नजिकै हिजो मंगलबार बेलुकी सवा ७ बजे बा ८५ प ९२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री, सातदोबाटो बस्ने ६० बर्षीय चैतमान शाक्य रहेका छन् । गम्भीर घाइते भएका शाक्यको उपचारको क्रममा बि.एण्ड.बि. अस्पतालमा गएराति मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडि बसेका चालकका १८ बर्षीय भाई सुभाष सिंहको भने बि.एण्ड.बि. अस्पतालमै उपचार भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?