मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन

सारांश

  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले गुठी विद्येयक खारेज नहुने दाबी गरेकी छिन् ।
  • उनले गुठियारहरुको माग पूरा भैसकेको पनि जिकिर गरेकी छिन् ।
  • बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले गुठी विद्येयक खारेज नहुने दाबी गरेकी छिन् । उनले गुठियारहरुको माग पूरा भैसकेको पनि जिकिर गरेकी छिन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सरकार आफ्नो स्ट्याण्डबाट कुनैपनि हालतमा पछि नहट्ने पनि घोषणा गरेकी छिन् ।

यो पनि पढ्नुस्
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
सत्तारु दल नेकपा सांसद गंगा चौधरीले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गासबास खोस्ने काम गरेको दाबी गरिन्। ‘सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन र, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुको छोरा छोरीको गासबास खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो,’ उनले भनिन्।

उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको बताइन्। उनले भनिन्, ‘गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोक भोकै ठूलो खुला मैदानबाट लाखौं गुठी पीडित भूमिहीन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ।’ उनले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गरिन्।

उनले सामन्तहरुको आँखा आफ्ना पूर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप लगाइन्। ‘मानौं यो देश मालिकहरुको हो। यहाँ मालिकहरुको आदेशको पालना हुन्छ। यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ,’ उनले भनिन्, ‘किन की यो देश मालिकहरुले नै चलाउने गर्छन्। मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्।’

यो पनि पढ्नुस्
प्रचण्डले फेरि उठाए सहमतिको कुरा, मन्त्रीहरु फेरिदै
पोखरा, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको बताएका छन् । प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।, उनले भने,“अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्छ । यो कुराको बोध हामी सबैलाई छ र हामी त्यसैमा अन्तिम रुपले प्रयासरत छौं ।”

फरक प्रसँगमा प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताए । कास्कीको पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए।‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगिएको छैन, प्रधानमन्त्रीको चाहेको बेलामा हुन्छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र आइतबार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको उनको भनाई थियो ।

उनले भने,“सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरु प्नि यो वर्ष टुंग्याउनुपर्छ ।” उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता विपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे । उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएकोबताए ।

उनले भने,“पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो बिषयलाई चर्चा र विवादमा ल्याउन कोही नै कोही खेलिरहेको छ ।” उनले एकअर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको धारणा राखे ।

गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ ।” अध्यक्ष प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?