रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण

सारांश

  • काठमाडौं,फागुन ५ ।
  • बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङ जिल्लाका बासिन्दालाई आइतबार कम्तिमा २० करोड रुपैयाँ वितरण गर्ने तयारीमा ऊर्जा मन्त्रालय जुटेको छ ।
  • मन्त्रालयअन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजना वातावरणीय, पुनस्र्थापना, पुर्नवास तथा मुअब्जा वितरण एकाइको टोली बिहीबारदेखि नै धादिङ जिल्लामा खटिएको छ ।

काठमाडौं,फागुन ५ । बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङ जिल्लाका बासिन्दालाई आइतबार कम्तिमा २० करोड रुपैयाँ वितरण गर्ने तयारीमा ऊर्जा मन्त्रालय जुटेको छ ।

मन्त्रालयअन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजना वातावरणीय, पुनस्र्थापना, पुर्नवास तथा मुअब्जा वितरण एकाइको टोली बिहीबारदेखि नै धादिङ जिल्लामा खटिएको छ ।

एकाइ प्रमुख कृष्ण कार्कीले भने, ‘हामी बिहीबारदेखि नै मुआब्जा वितरणको लागि आवश्यक कामका लागि लागिरहेका छौं । शुक्रबार सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारी, ऊर्जा मन्त्रालय र एकाइका पदाधिकारी सबै फिल्डमा खटिएका छौं । आइतबार दिनभर गरेर २० करोड रुपैयाँभन्दा बढी वितरण गरिसक्ने योजना बनाएका छौं ।’

यसअघि गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीले कानुनले मुआब्जा वितरणको काम आफूलाई नदिएको भन्दै काम रोकेका थिए ।

निवर्तमान ऊर्जामन्त्री कमल थापाको समन्वयमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, भूमिसुधारलगायतका निकायका प्रतिनिधिसँग बसेर हाललाई प्रमुख जिल्ला अधिकारीमार्फत नै मुआब्जा वितरणको कार्य गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
पहिरोले कन्टेनर र जिप बगायो
पहिरोले कन्टेनर र जिप बगायो
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती