कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति तोकेको छ ।
  • असन्तुष्ट समूहको बहिष्कारकाबीच शुक्रबार बेलुकी बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति तोकेको छ । असन्तुष्ट समूहको बहिष्कारकाबीच शुक्रबार बेलुकी बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

बैठकले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्दै १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आगामी फागुन १९ मा सकिँदै छ ।

प्रवक्ता शर्माका अनुसार बैठकले पार्टीका गाउँ÷नगर वडा अधिवेशन २०७७ मंसिर ९ गते र गाउँ÷नगरपालिका अधिवेशन २०७७ मंसिर ११ गते सम्पन्न गर्ने निर्णय गरेको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुसा १५ गते हुनेछ ।

प्रवक्ता शर्माका अनुसार सबै तहको अधिवेशनपछि २०७७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन महाधिवेशन सुरु हुनेछ १० गते सम्पन्न हुनेछ । बैठकले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरूलाई परिमार्जन र पुनर्गठन गरी विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी ४७ वटा विभागहरू गठन गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता शर्माले विभाग गठन गर्ने बैठकको निर्णय पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने बताए ।

यसअघि मंसिर २६ गते असन्तुष्ट समूहको बहिष्कारका बीच बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले ४१ विभाग गठनको प्रस्ताव गरेका थिए । पार्टीको विद्यमान विधानमा २८ वटा विभाग रहने भनिएको छ । आवश्यक परे केन्द्रीय कार्यसमितिले विभाग थप्न सक्ने व्यवस्था विधानमा छ ।

बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको पदावधि ६ महिना थप गर्ने पनि निर्णय गरेको छ । गत कात्तिक २८ गते बसेको तरुण दलको बैठकले दलको विधानको धारा ३९ (२) बमोजिम दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरेर अनुमोदनका लागि पार्टी समक्ष अनुरोध गरेको थियो । शुक्रबारको बैठकले तरुण दलको निर्णयलाई अनुमोदन गरेको प्रवक्ता शर्माले बताए ।

उनले सभापति देउवाले आवश्यक परामर्श गरेर तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएर ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिने बताइएको छ । तरुण दल अहिले चार जना पदाधिकारीमा सिमित छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्न समय आवश्यक पर्ने र आगामी फागनु १९ गतेभित्र केन्द्रीय महाधिवेशन गर्न सम्भव नभएको कारण देखाउँदै केन्द्रीय कार्यसमितिको पदावधि एक वर्ष थप गरेको छ । २०७२ फाल्गुण २०–२३ गतेसम्म काठमाडौंमा सम्पन्न १३औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको पदावधि आगामी १९ गते सकिँदै थियो ।

‘महाधिवेशनको तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न समेत थप समय आवश्यक भएकोले, यस अवस्थालाई असाधारण स्थिति ठहर गरेर कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०७६ फाल्गुण २० गतेदेखि लागु हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता शर्माले भने, ‘यो निर्णयका बारेमा निर्वाचन आयोगलाई जानकारी दिने पनि निर्णय भएको छ ।’

बैठकले पुस मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने पनि निर्णय गरेको छ । प्रवक्ता शर्माका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गरी सक्ने अवधि २०७७ वैशाख मसान्तसम्म तोकेको जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची २०७७ असार १५ गतेभित्र प्रकाशन गरेर केन्द्रमा पठाइसक्नुपर्ने पनि निर्णय गरिएको छ ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि २०७७ असार १६ गतेदेख असार मसान्तभित्र निर्धारण गरेको छ । उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले २०७७ साउन १५ गतेभित्र निर्णय गरिसक्नु पर्ने बताइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहसँग सहमतिको सम्भावना नदेखिएपछि बैठकले बहुमतका आधारमा निर्णय गरेको हो । मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेश नहुने भएपछि असन्तुष्ट वरिष्ठ नेता पौडेलको समूहले लगातार बैठक बहिष्कार गर्दै आएको थियो ।

पौडेल समूहको बहिष्कारका बीच यसअघि दुईपटक बैठक बसेको थियो भने चारपटक स्थगित भएको थियो । बैठक स्थगित गरेर सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई वरिष्ठ नेता पौडेल समूहले गठन गरेको कार्यदलसँग सहमति जुटाउन खटाएका थिए । संस्थापन इतर समूह २०७७ सालको मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयहरू प्याकेजमै टुंगो लगाउनु पर्ने माग गर्दै आएको थियो ।

सहमति जुट्न नसकेपछि संस्थापन पक्ष महाधिवेशनको मिति तोकेर अघि बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
नेकपामा महत्वपूर्ण विभागमा हानाथाप, स्कुल विभागमा झलनाथको दावी
नेकपामा महत्वपूर्ण विभागमा हानाथाप, स्कुल विभागमा झलनाथको दावी
दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै
दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?