मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
सारांश
- काठमाडौं,२६ बैशाख।
- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकिय नेपाल भ्रमणको सम्बन्धनमा बुधबार प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा यही बैशाख २८ र २९ गतेका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् ।
काठमाडौं,२६ बैशाख। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकिय नेपाल भ्रमणको सम्बन्धनमा बुधबार प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा यही बैशाख २८ र २९ गतेका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् ।
ज्ञवालीका अनुसार बैशाख २८ गते मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनसंग भेटवार्ता गर्ने छन् । त्यसैगरी सोही दिन प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ताको कार्यक्रम रहेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका र जनकपुर उपनगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्ने छन् भने जनकपुरबाटै ओली र मोदीले संयुक्त रुपमा रामायण सर्किट र जनकपुर–अयोध्याबीचको सिधा बस सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मोदीले जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथमा पुजा गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया