राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै

सारांश

  • शिखरन्युज, ४ असार – संघीय व्यवस्था अनुसार राष्ट्रियसभाका सदस्यको पदावधि आज सोमबार गोलाप्रथाद्वारा तोकिंदैछ ।
  • संविधान अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा लगायत सांसदको कार्यकाल गोलाप्रथाबाट आज निर्धारण हुँदैछ ।
  • संविधान अनुसार राष्ट्रियसभामा रहेका ५९ जना सदस्य गोलाप्रथाबाट समय तोकिन लागेको हो ।

शिखरन्युज, ४ असार – संघीय व्यवस्था अनुसार राष्ट्रियसभाका सदस्यको पदावधि आज सोमबार गोलाप्रथाद्वारा तोकिंदैछ । संविधान अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा लगायत सांसदको कार्यकाल गोलाप्रथाबाट आज निर्धारण हुँदैछ । संविधान अनुसार राष्ट्रियसभामा रहेका ५९ जना सदस्य गोलाप्रथाबाट समय तोकिन लागेको हो ।

राष्ट्रिय सभाका सदस्यको पूर्ण कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । तरपनि स्थायी सदन भएकाले संविधानले पदावधि सकिने सदस्यको ठाउँमा फेरि निर्वाचन भई सदस्य थप्दै जाने व्यवस्था गरेको छ । ५९ जनामध्ये १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्षको पदावधि तोकिनेछ । गोलामा लेखिएको समय अनुसार गोला तानेर राष्ट्रिय सभाका सदस्यहरुको समय तोकिन लागिएको हो । गोलामा लेखिए बमोजिम जति समय तानिन्छ त्यत्ति नै अर्थात २ वर्ष, ४ वर्ष र ६ वर्षको पदावधि कायम हुनेछ ।

राष्ट्रियसभा सचिवालयका अनुसार आज सोमबार साढे ११ बजे गोलाप्रथा हुँदैछ । शुरुमा महिला सदस्यबाट शुरु हुनेछ । महिला समूहमा ३ जनामध्ये एक जनाको पदावधि २ वर्ष, एक जनाको ४ वर्ष र एकजनाको ६ वर्ष कायम गरिएको हुनेछ ।

त्यसैगरी ७ जना दलित सांसद, अपांगता भएकामध्येबाट २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष कायम हुनेछ । शून्य वर्षको समय तोकिएकाहरुको अपांगता र दलित समूहका २ जनाको पुन: गोलाप्रथा गरेर एक जनाको ४ र अर्कोको ६ वर्ष पदावधि कायम हुनेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाले गरी ५६ जनाले प्रतिनिधित्व गरेका छन् । त्यसमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका ३ जना सदस्य छन् । राष्ट्रिय सभा नियमावलीअनुसार सबै क्लस्टरको प्रतिनिधित्व तोकेर गोलाप्रथा गरिनेछ । गोलाका लागि पाँच समूह बनाइएको छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nirmal Chalise

    यी महाशयले चाहिँ जूवा खेल्न हुने, जनताले नहुने ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?