लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
१७ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्।
  • मंगलबार प्रदेश सभाको पहिलो अधिवेशनको १०औँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् ।
  • ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेश सभाको पहिलो अधिवेशनको १०औँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् । ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ।

उनलाई कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। त्यस्तै, विपक्षमा एमालेका २९ सांसदले मत दिए भने राप्रपाका चार सांसदले भने कतै मत दिएनन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?