महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा

सारांश

  • प्रिटोरिया (दक्षिण अफ्रिका) ४ भदौं ।
  • दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनु भएको छ ।
  • गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुग्नु भएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो ।

प्रिटोरिया (दक्षिण अफ्रिका) ४ भदौं । दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनु भएको छ ।
गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुग्नु भएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो ।
उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्नु हुँदा ठूलो होहल्ला हुन गएको थियो । यस घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिनु भएको हो ।
उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेसका सदस्य हुनुहुन्छ । राजिनामा पत्रमा उहाँले आफ्नो गैह« जिम्मेबार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमायाचना गर्नु भएको जनाइएको छ ।
आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उहाँले स्विकार गर्नु भएको छ । मन्त्रीपदबाट राजिनामा दिए पनि उहाँले संसद् सदस्यता भने त्याग गर्नु हुने छैन ।
उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्नुहुँदै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कत्र्तब्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिनु भएको एक विज्ञप्तिमा जनाइएको छ ।
साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काँग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ूठीक कार्य गरेकोू ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन् ।
महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो ।
अदालतमा पाँचहजार दक्षिण अफ्रिकी ¥यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त हुनु भएको छ ।
आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाई हुने भएकाले यस दिन उहाँ अदालतमा उपस्थित हुनु पर्नेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
२० हजारमा बिक्री भयो वडा सदस्यको भोट
२० हजारमा बिक्री भयो वडा सदस्यको भोट
रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा
रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
जटिल प्रसूति सेवा बन्द !
जटिल प्रसूति सेवा बन्द !
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु
छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !

तपाईंले छुटाउनुभयो कि?