मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई

सारांश

  • काठमाडौं, १५ पुस ।
  • “माया त यस्तो होस्” बोलको एउटा गीत छ ।
  • त्यो माया नेपालका कम्युनिष्ट आन्दोलनका धरोहर मोहनविक्रम सिंहका दुई श्रीमतीबीच देखिएको छ ।

काठमाडौं, १५ पुस । “माया त यस्तो होस्” बोलको एउटा गीत छ । त्यो माया नेपालका कम्युनिष्ट आन्दोलनका धरोहर मोहनविक्रम सिंहका दुई श्रीमतीबीच देखिएको छ । जेठी र कान्छी श्रीमतीबीच हात हालाहाल र कुटाकुट हुने हाम्रो समाजमा मोहनविक्रम सिंहकी जेठी श्रीमती शान्ता सिंहले प्यूठान– १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी दुर्गा पौडेललाई आज बधाई दिएकी छन् ।

राष्ट्रिय जनमोर्चाको काठमाडौं क्षेत्र नं. ५, ६ र ७ को आयोजनामा आज बालाजु बाइसधारामा आयोजित पिकनिक कार्यक्रममा शान्ता सिंहले दुर्गालाई बधाई दिएकी हुन् । “प्यूठानी जनताको त्यत्रो माया पाएर विजयी हुन सफल भएकोमा बधाई भन्दै आमाले बधाई दिनुभयो”, छोरा समीर सिंहले शिखरन्युज डटकमलाई भने ।

“त्यसो त शान्ता दिदीसँग पहिलेदेखि नै भेटघाट, कुराकानी, घरायशी सल्लाह सबै हुन्थ्यो”, प्यूठान– १ बाट प्रतिनिधिसभामा विजयी सांसद एवं राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले शिखरन्युजलाई बताइन् । “चुनाव जितेपछि भने पहिलोपटक आज भेट भएको हो र बधाई र शुभकामना पनि दिनुभएको हो”, सांसद दुर्गा पौडेलले भनिन् ।

बधाई, चुनावको समीक्षा र पिकनिक एकसाथ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै प्रवक्ता तथा सांसद दुर्गा पौडेलले प्यूठानी जनताले ठूलो भरोसा र विश्वास गरेर आफूलाई जिताएको बताइन् । उनले भनिन्, “म अब पार्टीको नेतामात्र नभई सिंगो प्यूठानी जनताको भएको छु । म समग्र प्यूठानको अल्पकालीन र दीर्घकालीन योजना बनाएर प्यूठानकै विकास र समृद्धिका लागि समर्पित हुनेछु ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajen Ad

    यस्तो पो होत सम्बन्ध भनेको

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?