शिक्षण अस्पताल महाराजगञ्जमा झडप
सारांश
- काठमाडौं, १० साउन ।
- डा गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा झडप भएको छ ।
- झडपपछि प्रहरीले करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं, १० साउन । डा गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा झडप भएको छ । झडपपछि प्रहरीले करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेको छ । बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु भएको चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं रु’ जस्ता लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै हिडेका थिए । प्रहरीले चिकित्सकहरूलाई शिक्षण अस्पतालको गेट अगाडि नै रोकेको बताइएको छ ।
अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
Arjun Bista
Nara lagai chai vat khane manxe ko jasto vayana pberi doctor ko vasa ?kc le padayako student pare ra ho ki ??
Tanka Giri
प्रहरिमाथी ढुङ्गा मुडा गर्ने मेरो बाबुनै किन नहोस छातिमा ताकेर गोलि हान्नु म कठै किन मारेछन प्रहरिले भन्नेवालाछैन बरु नेपाल प्रहरीप्रती गर्वगर्नेछु