मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
सारांश
- काठमाडौँ ।
- सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।
- मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
काठमाडौँ । सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।
मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यस्तै बैठकले विभिन्न १७ विधेयक मन्त्रिपरिषद्का विभिन्न समिति छलफलका लागि पठाइएको छ ।
त्यसमा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक, अपराधबाट पीडितको संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, नागरिकता ऐनसम्बन्धी विधेयक, अध्यागमनसम्बन्धी विधेयक रहेका छन् ।
यसैगरी यातनासम्बन्धी विधेयक, वातावरण संरक्षणसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विधेयक, नागरिकको आवासको अधिकार, खाद्य सम्प्रभूतासम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजननसम्बन्धी विधेयक लगायत मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाइएको छ ।
ती विधेयक शीघ्र संघीय संसद्मा पेश गर्ने र केहीमा संशोधन गर्नुपर्ने देखिएकाले मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाइएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।
प्रतिक्रिया