चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)

सारांश

  • चीनले कोरोना भाइरसका विरामीको उपचारका लागि एक हजार शैयाको अस्पताल निर्माण पूरा गरेको छ ।
  • उहान क्षेत्रमा हुसेनसान अस्पताल आठ दिनमा बनेको हो ।
  • अस्पताल आजैबाट खुल्नेछ ।

चीनले कोरोना भाइरसका विरामीको उपचारका लागि एक हजार शैयाको अस्पताल निर्माण पूरा गरेको छ । उहान क्षेत्रमा हुसेनसान अस्पताल आठ दिनमा बनेको हो । अस्पताल आजैबाट खुल्नेछ ।

अस्पताल निर्माणमा हजारौं कामदार र अत्याधुनिक प्रविधिको प्रयोग भएको थियो । चीनले कोरोना भाइरससँग जुध्न अस्पताल निर्माण देखि उपचार पद्धतिको विकासमा जोड दिइरहेको छ । भाइरसविरुद्धको भ्यासिन बनाउने पहल भइरहेको छ ।

चिनियाँ समाचार एजेन्सीका अनुसार अस्पताल आजै खुलिसकेको छ । संक्रमितको संख्या बढेपछि नयाँ अस्पतालहरु निर्माण गरिएका हुन् ।
यसैगरी उहानमै अर्को अस्पताल लिसेनसानमा खुल्दैछ । उक्त अस्पतालको निर्माण बुधबार पूरा हुनेछ ।(एजेन्सी)

https://youtu.be/vYtQo3qzF7w

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?