एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
४० पटक हेरिएको
Shares
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली

सारांश

  • झापा ।
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
  • नेकपा (एमाले) भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनुभयो ।

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनुभयो ।

‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उहाँले भन्नुभयो, “नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ ।”

स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भन्नुभयो, “राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।”

आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उहाँले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गर्नुभयो । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए”, उहाँले भन्नुभयो, “नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।”

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !
कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
रोल्पा बन्दले जनजीवन प्रभावित
रोल्पा बन्दले जनजीवन प्रभावित