सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २४, २०७९
|
|
१८ पटक हेरिएको
Shares
सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन

सारांश

  • काठमाडौं।
  • गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली चलाउन आदेश नभएको स्पष्टीकरण दिएका छन्।
  • प्रतिनिधिसभामा सांसदहरूको प्रश्न र सभामुखको रुलिङपछि स्पष्टीकरण दिँदै गृहमन्त्री खाणले बर्दिया घटनामा गृहमन्त्रालय, सीडीओ वा एसपीले गोली चलाउन आदेश नदिएको बताएका हुन् ।

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली चलाउन आदेश नभएको स्पष्टीकरण दिएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्न र सभामुखको रुलिङपछि स्पष्टीकरण दिँदै गृहमन्त्री खाणले बर्दिया घटनामा गृहमन्त्रालय, सीडीओ वा एसपीले गोली चलाउन आदेश नदिएको बताएका हुन् ।

उनले कमभन्दा कम बल प्रयोग गर्ने सरकारको नीति भएपनि बर्दियामा प्रहरीको गोली लागि किशोरीको निधन हुनु दुःखद रहेको भन्दै खाणले घटनाबारे छानबिन गर्न समिति बनाइएको हो ।

‘गोली चलाउन आदेश भएको देखिदैन तर घटना भइसकेको छ । यसबारे सत्यतथ्य छानबिन गर्न आजै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छौं’, गृहमन्त्री खाणले भने ।

बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सो क्रममा स्थानीय नविना थारुको मृत्यु भएको थियो ।

गृहमन्त्री खाणको स्पष्टीकरणमा चित्त नबुझाएका सांसदहरुले उनलाई पुनः प्रश्न गरेका छन् । सो क्रममा उनीहरुले बिना आदेश गोली चल्नु सरकारकै कमजोरी हुने भन्दै गृहमन्त्रीको जवाफदेहिता माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?