म्यादी प्रहरीका लागि चौरमा लिखित परीक्षा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
म्यादी प्रहरीका लागि चौरमा लिखित परीक्षा

सारांश

  • ७ कात्तिक, गुल्मी ।
  • आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ ।
  • गुल्मीमा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको छ ।

७ कात्तिक, गुल्मी । आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । गुल्मीमा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको छ ।

पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार गुल्मीको सदरमुकाम तम्घासको चिदीचौरमा सामुहिक लिखित परीक्षा दिएका छन् ।

लिखित परीक्षाको लागि ३० मनेटको समय छुट्टाइएको थियो । खेलमैदानमा लामबद्ध भएर परिक्षा दिइरहेका परिक्षार्थीहरु हेर्न सर्बसाधरणको समेत घुईंचो लागेको थियो ।

सदरमुकामा रहेको खेलमैदानमा छनोट भएर आएका १ हजार ४ सय २६ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जम्मा १ हजार ८४ जना आवश्यक रहेकोमा दोब्बर भन्दा बढी २ हजार २ सय ४४ जनाको आवेदन परेको थियो । जस मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको छ ।

दुई वर्ष बैदेशिक रोजगारी गरी घर आएका वीरवास भट्टेचौरका केयरसिंह राकस पनि म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै थिए । ‘देशमै रोजगारी पाए कसलाई बिदेशिनु मन छ र ?’

युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका र केहि गरेका छन् भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढी छन् । वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई छ ।

गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । लिखित परिक्षा दिएका मध्ये मंगलवार साँझसम्म कपीजाँच गरेर रिजल्ट निकाल्ने तयारी गरिएको गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्विबेदीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मलेसियामा रक्सि सेवनबाट ६ नेपालीकाे मृत्यु !
मलेसियामा रक्सि सेवनबाट ६ नेपालीकाे मृत्यु !
पहिलो खेलमा बंगलादेशको जीत
पहिलो खेलमा बंगलादेशको जीत
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
How you can Compare Info Room Costs
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी

तपाईंले छुटाउनुभयो कि?