पार्टीभित्र एकता जरुरीः सभापति देउवा
सारांश
- भीमदत्तनगर,२ वैशाख ।
- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ ।
- नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो ।
भीमदत्तनगर,२ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो ।
“पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहाँले दाबी गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया