‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको बताएका छन्।
  • शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबमा नेपालले नयाँ अभ्यास सुरु गरेको पनि बताए।

काठमाडाै, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको बताएका छन्।

शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबमा नेपालले नयाँ अभ्यास सुरु गरेको पनि बताए। नेपाल भारतबीच सन् १९५० मा भएको सन्धिको प्रसंग बारेमा प्रधानमन्त्रीले राष्ट्रियता, अखण्डता, स्वाधीनता र स्वाभिमानको विषयमा आफुहरु अडिग भएको कुरा मा समेत जोड दिदै ‘१९५० को सन्धिको उच्चारणै गर्न हुन्न भन्ने थियो’, उनले भने, ‘विज्ञ समूहले काम गरिरहेको छ, अब केही महिनाभित्रै त्यसको पनि काम को अद्यावधिक हुन्छ।

प्रधानमन्त्रीले भने, ‘जतिबेला अरु देश सँग कुनै लिपी थिएन, त्यसबेला पनि हाम्रा विद्वान पुर्वज तथा पुर्खाहरु ले सबैलाई विद्या बाँडेका थिए। हामीसँग त्यस्ता पुर्खाको जिन अझै पनि हामी भित्र रहेको छ। ‘ओलीले जनताको अपेक्षा र भरोसालाई पूरा गर्न सांसदहरुलाई आग्रह गरेका छन् । उनले भने हामी ठूलो परिवर्तनपछि नयाँ अभिभारा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । अब कुनै पनि सानो तीनो कुरामा सरकार टुलुटुलु हेरेर समेत बस्दैन।प्रधानमन्त्रीले हिमाल र वातावरण प्रति पनि चिन्ता व्यक्त गरेका छन् । ओलीले भने ‘हरेकले भौगोलिक अवस्थिति र वातावरणका लागि योगदान गर्नुपर्छ । हाम्रो देशमा प्रकृतिको अद्भुद रचना छ। उनले हाम्रो प्रकृति सुन्दरमात्रै नभइ जीवनमय पनि भएको चर्चा गरे।ओलीले प्रदेश सरकार ले काम गर्दा सबै जात जाति धर्म भाषा सबैलाई प्राथमिकता दिनु पर्ने कुरा मा जोड दिएका छन ।

उनले भारत लगायत अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा सरकारले अधिकतम प्रयास गरिरहेको बताए। आफू भारत भ्रमणबाट फर्केपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल भ्रमणमा आएको बताउँदै भ्रमणले दुई देशबीच अझै सुमधुर सम्बन्ध स्थापित भएको बताए।

‘सीमामा बाढीका कारण उत्पन्न समस्या, सीमा विवादका समस्या लगायतका विषय समाधान हुन्छन्’, उनले भने,सडक, बाटो र बाँधका नाममा उत्पन्न हुने सबै समस्या बिस्तारै समाधान हुन्छन्।भारतसँगको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको विषयलाई थप पुष्टि गर्दै उनले थपे, ‘विराटनगरको अस्थायी कार्यालय भारतले हटाउने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीले साना तीनो स्थानीय घटनालाई बढाइँ चढाइँ गरी अन्तर्राष्ट्रिय सम्बन्धमा नै खलल पुगे झैं प्रचार गर्नु कसैको लागी उपयुक्त नहुने भन्दै स्थानीय समस्यालाई स्थानीय स्तरबाटै समाधानको प्रयास गर्नुपर्ने बताए। प्रधानमन्त्रीले भने, ‘सरकारले केही गरेन भनेर उफ्रिँदैमा केही हुँदैन। सरकारले आफ्नो ठाउँबाट आफ्नो काम गरिरहेको छ।’

केही दिनभित्रै आफू चीन भ्रमणमा जादा पनि देशको हित, राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानभित्र रहेर सम्पन्न हुने ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँटको विषयलाई लडाइँको विषय नबनाउन प्रदेशसभालाई आग्रह गरे।
‘यो लडाइँ गर्ने विषय होइन’, उनले भने, ‘साधन, स्रोत र सामर्थ्यकाे   सही ढंगले प्रयोग गर्ने विषय हो। त्यो हामी गर्छौं।’ उनले संविधान पनि काट्य विषय नभएको भन्दै जनताको आवश्यक्ता र विकासको आवश्यक्ताका आधारमा संशोधन गर्न सकिने बताए।

‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’, उनले भने, ‘त्यसैले अधिकार बाँडफाँटको विषयलाई लडाइँको विषय बनाउनु हुँदैन। प्रधानमन्त्री ओलीले देश विखण्डन र हिंसाको विषय स्वीकार्य नहुने बताए।  नेपाल अखण्ड, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुक हो,उनले भने जनतालाई अंगभंग पार्ने र मुलुक नै विखण्डन गर्ने कुरा सरकारलाई स्वीकार्य हुँदैन

। सिके राउत र विप्लव लाई समेत वार्तामा र देश को मूल राजनीति मा आउन भनेर चुनौती समेत दिए।
देश र जनताको सुरक्षा सरकारको जिम्मेवारी भएको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने र देश टुक्र्याउने कुरा स्वीकार हुनै नसक्ने बताए।

(kidsrkids.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yam Anjan Gc

    Teo ta hami le dekhirakhako xu pm ji.aru guf na denu hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
सामाज रुपान्तरणका लागि साहित्यिक अभियान !
सामाज रुपान्तरणका लागि साहित्यिक अभियान !
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
तिलोत्तमा नगरपालिकाको सय दिने काम
तिलोत्तमा नगरपालिकाको सय दिने काम
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
Demand of Electricity will Definitely Rise if we are able to supply more….
Demand of Electricity will Definitely Rise if we are able to supply more….
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो

तपाईंले छुटाउनुभयो कि?