भारत न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
भारत न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित

सारांश

  • काठमाडौं २३,माघ ।
  • न्यूजील्यान्ड सग भएको पहिलो टी-२० क्रिकेट खेलमा भारत फराकिलो अन्तरले पराजित भएको छ ।
  • तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजील्यान्डले भारतलाई ८० रनले पराजित गरेको हो ।

काठमाडौं २३,माघ । न्यूजील्यान्ड सग भएको पहिलो टी-२० क्रिकेट खेलमा भारत फराकिलो अन्तरले पराजित भएको छ ।तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजील्यान्डले भारतलाई ८० रनले पराजित गरेको हो ।

न्यूजील्यान्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।भारतका लागी महेन्द्रसिंह धोनीले ३९, शिखर धवनले २९ र विजय शंकरले २७ रन बनाए भने अन्य खेलाडी सस्तैमा पेभेलियन फर्केका थिए।

न्यूजील्यान्डका लागि ओपनर टिम सेर्फटले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ८४ रन बनाए । उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?