म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७९
|
|
१८ पटक हेरिएको
Shares
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ।
  • ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन ।

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो। जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ। लगातारको हारसँगै युनाइटेड पुछारमा छ।

यस्तै, गए राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन्। सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?