बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज

सारांश

  • काठमाडौं, ७ असोज ।
  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा सोमबार दायर रिटमाथि आज सुनुवाई हुने भएको छ ।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको हो ।

काठमाडौं, ७ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा सोमबार दायर रिटमाथि आज सुनुवाई हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको हो ।

संविधानमा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनी स्पष्ट व्यवस्था भएको भन्दै त्रिपाठीले गौतमलाई मन्त्री नबनाउन भनी रिट दायर गरेका थिए । उनले गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको निर्णय समेत खारेज गर्न रिपट दायर गरेका थिए ।

नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । यसैलाई लिएर बामदेव सरकारमा जान नमिल्ने तर्कहरु भइरहेको छ । तर, उनका पक्षधरले मन्त्री बन्दा असंवैधानिक नहुने जकिर गर्दै आएका छन् ।-फाइल तस्वीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?