गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
सारांश
- काठमाडौं, मंसिर १८ – काठमाडौं क्षेत्र नम्बर ४ मा दुई युवा नेताबिचको प्रतिस्पर्धाले निकै रोचक बनेको छ ।
- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका युवा नेता डा.
- राजन भट्टराई प्रतिनिधिसभाका सदस्यका लागि चुनावी मैदानमा हुुनुहुन्छ ।
काठमाडौं, मंसिर १८ – काठमाडौं क्षेत्र नम्बर ४ मा दुई युवा नेताबिचको प्रतिस्पर्धाले निकै रोचक बनेको छ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका युवा नेता डा. राजन भट्टराई प्रतिनिधिसभाका सदस्यका लागि चुनावी मैदानमा हुुनुहुन्छ ।
थापा यसअघि २०७० सालको संविधानसभा चुनावमा त्यसै क्षेत्रबाट भारी मतका साथ विजय हुुनुभएको थियो भने भट्टराई परराष्ट्र मामिलाका विज्ञका रुपमा संविधानसभामा मनोनित हुनुभएको हो । गगन थापा पहिलो संविधानसभामा कांग्रेसको समानुपातिक कोटाबाट सभासद हुनुभएको थियो ।
एउटै उमेर समूहका दुई नेताबिचको प्रतिस्पर्धामा कसले कसलाई चुनावीमा रिङमा पछार्ला ? यो प्रश्न त्यस क्षेत्रमा मात्र नभइ देशैभर चासोको विषय बनेको छ । दुवै नेता विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका हुन् । गगन थापा जसलाई नेपाली राजनीतिमा भाषण राम्रो नेताका रुपमा लिइन्छ । थापाका भाषणले राष्ट्रिय रुपमै बहस सिजर्ना गर्दै आएको छ ।
अर्कोतर्फ भट्टराई शान्त र शालिन बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको वडा नं. १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ मा फैलिएको यो क्षेत्रमा ४० हजार मतदता छन् । गएको स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा वाम गठबन्धन बलियो छ ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एमालेले १७ हजार दुई सय ३९, माओवादी केन्द्रले ४ हजार ८७ गरी २१ हजार तीन सय २६ मत पाएको छ भने कांग्रेसले १४ हजार ७६ र राप्रपाले एक हजार सात ७३ गरी १५ हजार आठ सय ४९ मत पाएको छ । यस हिसाबले भट्टराई बलियो देखिए पनि स्थानीय चुनाव र आसन्न चुनाव फरक हो भन्ने कुरा सबैले बुझेका छन् ।
अर्कोतर्फ पूर्णत शहरी इलाकामा पर्ने यो क्षेत्रमा व्यक्ति र चुनवी एजेण्डाले पनि उत्तिकै प्रभाव पार्ने पक्का छ । २०७० सालको चुनावामा थापाले त्यसै क्षेत्रमा एमालेका उम्मेदवार निर्मल कुइँकेललाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको थियो । दुवै जनाले क्षेत्रको विकास निर्माण र धुलोधुवा मुक्त बनाउने प्रतिबद्धतालाई नै मुख्य चुनावी एजेण्डा बनाएका छन् । यी दुई प्रतिस्पर्धीले सामाजिक सञ्जालमा यति धेरै मिहिनत गरेका छन् कि सायदै देशका अरु निर्वाचन क्षेत्रका उम्मेदवारले गरेका होलान् ।
दुई युवा नेताबीच अरु धेरै विषयमा पनि समानता भेटिन्छ । दुवैको जन्म काठमाडौं बाहिर भए पनि विद्यार्थी राजनीतिसँगै त्यसै निर्वाचन क्षेत्रका स्थायी बासिन्दा भएका हुन् । थापा सोलुखुम्बुमा जन्मेका हुन् भने भट्टराई सिन्धुपाल्चोकमा । त्यस क्षेत्रमा सिन्धुपाल्चोक र सोलुबाट आएर बस्ने मतदाता निर्णायक मानिन्छन् । जसले गर्दा मतदातामा पार्टी, एजेण्डा भन्दा पनि जिल्लागत निकटताले बढी प्रभाव पार्ने देखिन्छ ।
२०६२/०६३ को जनआन्दोलन पछि नै दुवैजनाले नेपाली राजनीतिमा फरक पहिचान बनाएका हुन् । थापाले स्वास्थ्य भएर काम गरिसक्नुभएको छ । भट्टराई भने माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुनुभएको थियो ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका भट्टराई नेपाल भारत प्रबुद्घ समूहको सदस्य हुनुहुन्छ । जसले गर्दा काठमाडौं–४ का मतदाताले कसलाई रोज्लान अहिले नै अनुमान लगाउन कठिन छ ।
Sharada Gautam
vote for tree
Narottam Lal Maskey
Aba haamro desh maa yesti aatilo xyamataa baan buddhi ra naitik sil youn genaretion nataa maatera aaunu parxa,budha kaakhadaa lai maalaa lgayera bye bye garam.Sabai party kaa young umedbaar lai saath diu.
Bholanath Chhetri
Vote for sun
Shredshrestha Bir
Nice good
Shiba Bhattarai
K ko rochak ho gagan jit pakkax
Hari Hancy Hero Hero
Gagan saga kuni competesion hudin.
कृष्ण राज झापालि
Kaako gagan kaako rajan janata ko lokpriya neta ra choto samay ma nai lakhou ko man jitna safal neta matra navaer voli ko pradhan mantri hune wala gagan dai …
Madan Giri
इतिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ……..
१) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काङ्ग्रेस
२) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काङ्ग्रेस
३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिषद बैठक तय गराउने काङ्ग्रेस
४) २०११ मा कोसि गण्डकी भारत लाई बेच्ने काङ्ग्रेस
५) सुडान घोटाला ,कल वाइपासमा रुबेल लाई अरबपति बनाउने काङ्ग्रेस
६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काङ्ग्रेस
७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काङ्ग्रेस
८) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काङ्ग्रेस
१०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काङ्ग्रेस
११) गन्डकि भारतलाई बेचेर खाने काङ्ग्रेस
१२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काङ्ग्रेस
१३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काङ्ग्रेस
१४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काङ्ग्रेस
१५) कर्णाली बेची खाने काङ्ग्रेस
१६) टनकपुर बेचि खाने काङ्ग्रेस
१७) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्ग्रेस
१८) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
१९) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
२०) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
२१) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
२२) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
२३) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
२४) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काङ्ग्रेस
२५) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काङ्ग्रेस
२६) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काङ्ग्रेस
२७) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काङ्ग्रेस २८) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काङ्ग्रेस
२९) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काङ्ग्रेस
३०) एरोप्लेन अपरहण गरि ४० लाख लुट्ने लुटेरा काङ्ग्रेस
३१)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
३२)अबैध म्यानपावर ब्यबसायी सङ्ग करोडौं रकम लिएर राजदूत सिफारिस गर्ने काङ्ग्रेस
३३)प्रहरी महानिरिक्षक नियुक्तिअबैध तरिकाले गर्न खोज्दा करोडौं लिने काङ्ग्रेस
३४)कथित १२ बुदे गर्दा मनमोहन सङ्ग लम्पसार पर्ने काङ्ग्रेस
३५)सनातन हिन्दुरास्ट्र मेटाउन मुख्य भुमिका खेल्ने काङ्ग्रेस
३६)कमिसन को लोभमा पोखरा अन्तरास्ट्रिय विमानस्थल निर्माण रोक्न खोज्ने काङ्ग्रेस
३७)रास्ट्रघाती नाजायज माग राख्ने नेपाल लाई माया नगर्ने मधेसी मोर्चाको पाउ मोल्ने काङ्ग्रेस
३८)रास्ट्रपति आफुले लोभमा माओवादीको टाङ्ग मुनि बस्ने काङ्ग्रेस
३९)नेपाल आमाको दुश्मन काङ्ग्रेस किनभने यो पार्टीको जन्म ईन्डियाको बनारसमा भएको हो,नामपनि ईन्डियाको काङ्ग्रेस आइ बाट जन्म भएको हो
४०)एन सेलको ३३ अरब हसुर्न खोज्ने काङ्ग्रेस
४१)आइजिपी नियुक्ति मा रकम खान नपाए पछि न्यायालयमा हस्तक्षेप गर्ने काङ्ग्रेस
काङ्ग्रेस नेपालको बिकासको बाधक हो ।