म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा

सारांश

  • काठमाडौं ।
  • काठमाडौं क्षेत्र नम्बर १ का वामपन्थी गठबन्धनका साझा उम्मेदवार अनिल शर्माले आफू काठमाडौंका जनताको सेवक बन्न चाहेको बताएका छन् ।
  • चुनावी अभियानको क्रममा शर्माले आफ्ना प्रत्यासी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र भर्खरै पत्रकारीताबाट राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्रभन्दा आफूसँग विकासका भिजन तथा बामपन्थी दलको साझा उम्मेदार भएकोले काठमाडौं क्षेत्र नम्बर १ मा आफूले जित्ने  दाबी गरे ।

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का वामपन्थी गठबन्धनका साझा उम्मेदवार अनिल शर्माले आफू काठमाडौंका जनताको सेवक बन्न चाहेको बताएका छन् ।

चुनावी अभियानको क्रममा शर्माले आफ्ना प्रत्यासी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र भर्खरै पत्रकारीताबाट राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्रभन्दा आफूसँग विकासका भिजन तथा बामपन्थी दलको साझा उम्मेदार भएकोले काठमाडौं क्षेत्र नम्बर १ मा आफूले जित्ने  दाबी गरे ।

आफूसँग विकासको भिजन भएको तथा युवाको भावना बुझ्ने माओवादी, एमालेलगायतका बामपन्थी गठबन्धनको साझा उम्मेदवार भएकोले आफू विजयी हुने विश्वास व्यक्त गरे ।

२०४८ सालमा मदन भण्डारी काठमाडौ क्षेत्र नम्बर १ बाट उठ्दा पनि कसैले पत्याएका थिएनन तर कृष्णप्रसाद भट्टराइलाई हराएको प्रसंग कोट्याउँदै शर्माले यो पटक बामगठबन्धनको साथले आफूले जित्ने निश्चित भइसकेको बताए ।

काठमाडौ क्षेत्र नम्बर १ का मतदाता सचेत रहेको उल्लेख गर्दै बामगठबन्धनका उम्मेदवार शर्माले सो क्षेत्रका मतदाता विकास, समृद्धि र राजनीतिक स्थायीत्व चाहेकोले आफूलाई विजयी गराउनेमा आफू विस्वस्त रहेको बताए ।

राजनीतिक स्थायित्व र समृद्ध नेपालको लागि बामगठबन्धन मिलेर पार्टी एकीकरण गर्ने लक्ष्यसाथ चुनावमा गएको भन्दै उनले काठमाडौं १ का जनतालाई मतदानको सदुपयोग गर्न आग्रह गरे ।

उनले काठमाडौ क्षेत्र नम्बर १ का जनताले व्यक्ति र पार्टीलाई नहेरी यसपाली बाम उम्मेदवारलाई भोट दिने बताए । विकल्पको राजनीतिको भविष्य नरहेको भन्दै शर्माले रविन्द्र मिश्रले बल्ल राजनीतिक सिक्दै गरेको टिप्पणी गरे ।

कुनै समय माओवादीका वरिष्ठ नेता समेत रहेका बाबुराम भट्टराई पनि विकल्पको राजनीतिको रुपमा अघि बढ्नुभएको स्मरण गर्दै शर्माले अहिले भट्टराईको साथमा कोही पनि नभएको र उहाँ एक किसिमले असफल नै साबित भइसकेको बताए ।

विकल्प भनेको एउटा पात्र र पार्टी भन्ने होइन शर्माले भने, ‘सबैको हितको लागि अघि बढ्नु विकल्प हो ।’ म काठमाडौ १ का जनताका लागि सेवक बन्छु । साँच्चिकै काठमाडौं १ का जनताको काम गर्ने प्रतिनीधि पात्र बन्ने छु शर्माले भने ।

काठमाडौंबासीका समस्यालाई नीतिनिर्माण गर्ने तहसम्म पु¥याउने भन्दै उनले काठमाडौका जनताको कामदार बन्ने उल्लेख गरे । त्यहाँका जनतालाई मन्त्री , प्रधानमन्त्री र अरु विकासे गफ चाहिएको छैन शर्माले भने, ‘काठमाडौंका जनतालाई धुलो धुवारहित काठमाडौं बनाउने मान्छे चाहिएको छ, काठमाडौंलाई हराभरा बनाउने व्यक्ति चाहिएको छ, त्यो म पुरा गरेर देखाउनेछु ।’

शर्माले धुलोधुवामुक्त काठमाडौं, विसादिमुक्त काठमाडौं, समृद्ध र शैक्षिक हब बनाउने लक्ष्य लिएको बताए । उनले बागमति र रुद्रमतिलाई हराभरा बनाई पौडी खेल्नसक्ने खालको बनाउने दाबी गरे ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Narbahadur Gharti

    किन रुकुमका जनताको काम गरिसक्नु भयो र ? कि त्याहाका जनताले अस्विकार गरेकाहुन् ?

    Comment Author

    Shiva Shrestha

    Ktm ma k jetnu.huncha ? Prachand ta hareko ktm ma ane tapai ko k yog dan cha yo chetra ma ? Please tell or ans

    Comment Author

    Ravi Sharma

    Kamdar ho ki parchandako dam dar ra kp ko vadare banni ho bidhaya sundar le subdar banai hale aba tapai kp oli kp kulli ta holeni paisa bokni

    Comment Author

    Ratna Thapa

    कामदार हुन पनि किन चुनाव लड्नु पर्यो र कुनै कम्पनी मा गये हुदैन

    Comment Author

    Chandra Bdr Lamichhane

    Kaamdar nai hune bhaya ta safety-tanker water-tanker chalaidinuhos na….!!!

    Comment Author

    Shyamlal Mademba

    गणेशमानको नाम छोरोको राज हुनु हुदैन

    Comment Author

    Ramhari Pudasaine

    चुनाब अगि कामदार चुनाब जितेपछि मालिक ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?