राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
सारांश
- १८ मंसिर, काठमाण्डौ ।
- पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ ।
- कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।
१८ मंसिर, काठमाण्डौ । पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।
तर विभागको रिपोर्टले एमाले सबैभन्दा ठूलो दल बन्ने अनुमान गरेको छ भने कुनै पनि दलले दुई तिहाई बहुमत नल्याउने देखाएको छ ।
गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ ।
त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।
रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०–३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०–६० सीट पुग्ने देखाइएको छ ।
एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत (१३८ सीट) सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।
अनुसन्धान विभागले यो रिपोर्ट तयार पार्दा कांग्रेस र लोकतान्त्रिक फोरमवीच पार्टी एकता भएकै थिएन । तर, रिपोर्टमा लोकतान्त्रिक फोरमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी बढीमा ८ र घटीमा ३ सीट जित्ने देखाइएको छ, जसलाई जोड्दा पनि एमालेको भन्दा बढी हुँदैन । र, यस आधारमा पनि एमाले नै ठूलो दल हुने गुप्तचरको रिपोर्टको निश्कर्ष छ ।
रिपोर्टमा राजपा र फोरमले कुल २३ सिटको हाराहारीमा जित्ने अनुमान गरिएको छ । कमल थापाको पार्टी (रापं्रपा) को स्थिति भने राप्रपा प्रजातान्त्रिकको भन्दा कमजोर हुने दाबी गरिएको छ ।अन्लाईनखबर बाट
सितल वली
यस्ता कुरा घामं सुकाईदेउ पछी थाहुन्छ
Manoj Dhungana
banki raheka sit kasle lyauneho .lagbhag 500 sit khola le bagayo ra?
Sangram Tamang
Balady news…..
Shreeram Karki
कस्लेकति कटाउने पछिथाहाहुन्छ
Sanjaya Kumar Dhital
यो शिखर न्युज पागल ले चलाउदो रेछ ??