नेविसंघमा चुलियो विवाद

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेविसंघमा चुलियो विवाद

सारांश

  • काठमाडौं २६ बैशाख ।
  • कांग्रेसको भ्रातृ संगठन नेविसंघमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद बढेको छ ।
  • नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रम चलाउन थालेका छन् ।

काठमाडौं २६ बैशाख ।
कांग्रेसको भ्रातृ संगठन नेविसंघमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद बढेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रम चलाउन थालेका छन् ।

केही दिनअघि समानान्तर बैठक बसेलगत्तै बुधबार सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन् । एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको हो । अध्यक्ष महरले पार्टीभित्रको आन्तरिक कलहकै प्रभाव नेविसंघमा देखिएको स्विकारे । सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया आयोजना गरेका छन् ।

संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गरेका छन् । पौडेल पक्षीय विद्यार्थी नेता मोती भण्डारीका अनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले आफूहरूले राखेको कार्यक्रमलाई सम्बोधन गर्ने दाबी गरे ।

तर, पौडेलले मंगलबार साँझसम्म जाने/नजाने निर्णय गरेका छैनन् । अध्यक्ष महरले संघले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेता सहभागी हुने दाबी गरे । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेट एयरवेजले डुवायो जिन्दगी
जेट एयरवेजले डुवायो जिन्दगी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन
इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘

तपाईंले छुटाउनुभयो कि?