एमाले स्थायी कमिटीबाट आउट हुने को ?
सारांश
- काठमाडौं, ३ जेठ ।
- नेकपा एमालेको स्थायी कमिटिबाट एक जनाको नाम हटाउने वा स्थायी कमिटि संख्या बढाउने अन्यौल भएको छ ।
- पार्टी एकताको लागि एमालेको भागमा परेको २५ जना स्थायीकमिटि मध्य एमालेले २६ जनाको नाम लिस्ट तयार पारेको बुझिएको छ ।
काठमाडौं, ३ जेठ । नेकपा एमालेको स्थायी कमिटिबाट एक जनाको नाम हटाउने वा स्थायी कमिटि संख्या बढाउने अन्यौल भएको छ ।
पार्टी एकताको लागि एमालेको भागमा परेको २५ जना स्थायीकमिटि मध्य एमालेले २६ जनाको नाम लिस्ट तयार पारेको बुझिएको छ ।
नेकपा एमालेको बिहिवारको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लौ १ मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं । भनेपछि अन्यौल उत्पन्न भएको स्रोतको दाबि छ ।
एकीकृत पार्टीको ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति ओली र प्रचण्डबीच भएको थियो ।
त्यसो भए अब एकजना को आउट होला स्थायी कमिटीबाट रु अथवा एमालेको २६ भएपछि माओवादीबाट पनि एक थपिन्छन् रु यसको टुंगो सम्भवतः पछि लाग्ला । तर, एमालेबाट २५ स्थायी कमिटी सदस्यमा एकजना को नअट्ने भन्ने चर्चा चाहिँ मदन आश्रति स्मृति दिवसको अवसरमा विहानै चलेको खबर समाचार माध्यममा आएको छ।
स्थायी कमिटीको संख्या नबढाउने हो भने अहिलेको एमालेको स्थायी कमिटीबाट एकजना आउट हुनेछन् । सम्भवतः पदेन सदस्यमध्येबाट एक बाहिरिनेछन् ।
यि हुन एमाले स्थायी कमिटीमा नाम परेका हरू
एमाले स्थायी कमिटीमा अध्यक्ष र दुई बरिष्ठ नेतासहित १५ पदाधिकारी छन् । बरियताक्रम अनुसार अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल पदाधिकारीकै हैसियतमा छन् । त्यस्तै उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली र भीम रावल छन् ।
महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ । महासचिव ईश्व पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल र सचिवहरु प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई स्थायी कमिटीका पदाधिकारी हुन् ।
स्थायी कमिटीका अन्य सदस्यहरुमा सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छबिलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल छन् । २२ जना स्थायी कमिटी सदस्य बाहेक अन्य चारजना पदेन स्थायी कमिटी सदस्य रहेका छन् ।
अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, सल्लाहकार परिषद अध्यक्ष केशव बडाल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारी र लेखा परीक्षण आयोगका अध्यक्ष डा।पुष्प कडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । उनीहरु पनि पार्टी एकतामा स्वतः स्थायी कमिटी सदस्य बन्दैछन् तर २५ मा सिमित गरिँदा एकजना नपर्न सक्छन् ।
कँडेल हालसालै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएकाले कतिपयले उनी बाहिरिन सक्ने आँकलन गरेका छन् । यद्यपि योजना आयोगको उपाध्यक्ष पद राजनीतिक नियुक्ति भएकाले उनी पार्टीको जिम्मेवारीबाट अलग हुन नपर्ने तर्क पनि गरिँदैछ ।
Santosh Koirala
२६ नै माने भै हाल्यो नि,,किन १ वटा लाई आउट गर्न परोर
Sharad Chandra Acharya
Jo jo lutpat nagari desh ko bare ma matra sochna thale.tiniharu nai out vayeni.